On Demand IT Training Program

Ondemand IT training program conducted by Cosmic Computer Solutions to all the committee members of Jimee Samaj. It was a praiseworthy work and helped the committee members to gain knowleged on simple computer working and its features.

IT Training

IT Training

IT training

कस्मिकको ९औं वार्षिकोत्&

कस्मिकको ९औं वार्षिकोत्सव बासा खास्तावमा सम्पन्न

बुधवार, २०६८ चैत्र ०७ गते ०९:२७

काठमाडौं, चैत्र ८ । कस्मिक कम्युटर सिस्टम प्रा.लि.को ९औं वार्षिकोत्सव सोलुखुम्बुस्थित शाखा कार्यलय बासा खास्तावमा सम्पन्न भएको छ । आफ्नो वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यलय काठमाडौं, शाखा कार्यलय सल्लेरी, बासा खास्ताव र सम्पर्क कार्यलय बासा खालीले संयुक्त रुप गत फागुन २९ गते एक भव्य कार्यक्रमको आयोजना गरेको थियो ।

प्रा.लिले गाउँ गाउँसम्म प्राविधिक शिक्षाबारे जनचेतना जगाउने र बढि भन्दा बढि जनशक्ति उत्पादन गरि आफैभित्र रोजगारी सृजना गर्ने उद्देश्यले कम्पुटरसम्बन्धी विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको छ । केन्द्रीय कार्यलयका प्रवन्ध निर्देशक मानबीर खालिङ राईको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा जिल्लाका प्रमुख राजनीतिक दलका प्रतिनिधि, प्रशासनिक व्यक्तित्वहरु, सामाजिक संघसंस्था, शैक्षिक संस्था र शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा ग्ल्यासियर बोर्डिङ स्कुल(बासा, ४ खास्ताव) तथा प्रालिका विद्यार्थीहरुले विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो भने सम्पर्क कार्यलय बासा खालीबाट पहिलो व्याजमा कम्पुटर कोर्ष बढेका १० जना विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
सोही अवसरमा सोलखुम्बु ह्याण्डिक्रयाफ्ट, तिनचुलीका प्रोपाइटर रुद्रबहादुर विकलाई प्रा.लि.को तर्फबाट विशेष सम्मान गरिएको थियो । प्रोपाइटर विकले १५ जना दलितहरुलाई कम्पुटर पढ्नको लागि स्पोन्सर गरेवापत सो सम्मान प्रदान गरिएको हो । प्रवन्ध निर्देशक मानबीर खालिङ राईले सम्मान प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै केन्द्रका प्रबन्ध निर्देशक खालिङ राईले आजको समयमा प्राविधिक शिक्षाविनाको जिवन अपुरो हुने बताउदै कम्पनीले दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको बताउनुभयो । उहाँले ग्रामिण क्षेत्रका विद्यार्थीहरु आर्थिक रुपमा कमजोर तथा अंग्रेजी भाषामा कमजोरी हुने भएकोले उनिहरुलाई अरुसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाउन अहिलेको आवश्यकता रहेको बताउनुभयो । कम्पुटरसम्बन्धी जनचेतनाको अभाव खड्किएकोले त्यसतर्फ आफुहरुको जोड रहेको पनि बताउनुभयो । कार्यक्रममा शाखा कार्यलय सल्लेरीका प्रमुख अशोक राईले सल्लेरी शाखाबाटमात्र ४ हजार भन्दा बढिलाई कम्प्युटर तालिम दिइसकिएको जानकारी दिदैं आगामी दिनहरुमा पनि यस्तो कार्यक्रमहरु जरी राख्ने बताउनुभयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले कस्मिकको कार्यप्रति चर्चा गर्दै यस्तो प्रशिक्षण कार्यक्रमहरु गाउँगाउँमा महत्वपूर्ण रहेको बताएका थिए । लोकबीर राईको सभापतित्वमा भएको थियो ।

Current Activity